सुपरमाई हाईड्रोपावरको १२.६३ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, १८ भदौ । सुपरमाई हाईड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को खुद कमाईबाट शेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको गत भदौ १७ बसेको सञ्चालक समितिको बैठकले सात प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८०/८१ को लागि बस्ने कम्पनीको आगामी १० औ वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् मात्र शेयरधनीले पाउने छन् ।
सुपरमाई हाईड्रोपावरको चुक्तापूँजी ५० करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्