सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डले लाभांशका लागि भदौ २६ गते बुक क्लोज गर्ने

काठमाडौं, १८ भदौ । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डको लाभांशका लागि बुक क्लोज मिति निश्चित भएको छ । सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको बुक क्लोज मिति तय भएको हो । यी तीनवटै फन्डहरुले नगद लाभांश वितरण गर्न भदौ २६ गते बुक क्लोज गर्ने भएका हुन् । यो फण्डमा भदौ २५ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।

सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्न लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्