ग्लो अप युनिसेक्स ब्युटिपार्लर सैलुन एन्ड ट्रेनिङ सेन्टर संचालनमा

काठमाडौँ  । काठमाडौँ महानगरपालिका-१४ स्थित कलंकीमा सौन्दर्य कलासम्बन्धी एड्भान्स तालिम दिने योजना सहित ग्लो अप युनिसेक्स ब्युटिपार्लर सैलुन एन्ड ट्रेनिङ सेन्टर संचालन गरिएको छ।‌

बागमती प्रदेश सभासद् आशा लामा र बरिष्ठ ब्युटिसियन प्रक्षिक्षक अनिता सुवेदीले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको उक्त सेन्टरमा अत्याधुनिक प्रविधिबाट सर्वसाधारणले सेवा समेत शुरु गरिएको हो।

सहर बजारमा शारीरिक श्रृङ्गारका लागि महिला तथा पुरुष नियमित रूपमा ब्युटिपार्लर जाने भएकोले पछिल्लो समय यस क्षेत्रमा लाग्नेहरूको आकर्षण पनि बढेको पाइएको छ।

समयसापेक्ष सीप परिमार्जन गर्न व्यवसायिक तालिम, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा फैलिएको ज्ञानलाई प्रवर्द्धन गर्न विज्ञहरुको सहभागितामा एड्भान्स तालिम समेत संचालन गर्ने सेन्टरले लक्ष्य राखेको संचालिका गोमा बिडारीले जानकारी दिनुभयो।

सौन्दर्य व्यवसायले महिलालाई आत्मनिर्भर गराउन सहयोग पुग्ने बताउदै उहाँले भन्नुभयो, यस क्षेत्रमा प्रयोग गरिने सामग्रीले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावबारे हामीले पनि जान्नैपर्ने हुन्छ, त्यसैले प्रशिक्षार्थीलाई समय–समयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने लक्ष्य राखेका छौँ,”

बिडारीले विभिन्न मेकअपका तस्बिर लिएर यस्तै बनाइदिनु प-यो भन्दै आउने सेवाग्राहीलाई सोही अनुरूपको सेवा दिन पनि हामीले सिक्नैपर्ने भनाई राख्नुभयो।

सेन्टरबाट महिला तथा पुरुषले सेवा लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्