सिद्धार्थ बैंकको ८१ हजार ५७० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं,१६ भदौ । सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा सिद्धार्थकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन ।
यस सेयर खरिद गर्न इच्छुक सिद्धार्थ बैंकका संस्थापक सेयरधनी मध्येका लगानीकर्ताले आज भदौ १६ गतेदेखि असोज १९ गते कार्यालय समय भित्र दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
प्रकाशित सूचना अनुसार यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्