आज चार वटा संसदीय समितिहरुको बैठक बस्दै

 

काठमाडौं, १६ भदौ । सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिह्ररुमध्ये आज चारवटा समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।

आजै राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बिहान ११ः३० बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

 

प्रतिक्रिया दिनुहोस्