मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किए, ट्रक चालक र सहचालक घाइते, बसमा सवार सबै सकुशल

काठमाडौं, १६ भदौ । दिनान्दिन दुद्र्धटना बढिरहेको छ ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको आएसर ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालक र सहचालक घाइते छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

बसमा सवार सबै सकुशल रहेका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

प्रहरीका अनुसार मुग्निलबाट नारायणगढतर्फ गइरहेको ट्रक र नारायणगढतर्फबाट मुग्लिनतर्फ आइरहेको बस आज बिहान ठोक्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्