विश्वको सबैभन्दा महँगो सेयर भएको बर्कशायर हाथवेको बजार पुँजीकरण १० खर्ब डलर नाघ्यो
काठमाडौं,१४ भदौ । बर्कशायर हाथवेको बजार पुँजीकरण पहिलो पटक १० खर्ब डलर भन्दा माथी पुगेको छ । योसँगै १० खर्ब डलर भन्दा धेरै बजार पुँजीकरण भएका विश्वभरका कम्पनीको संख्या ८ पुगेको छ । यस कम्पनीको सेयर भाउमा वृद्धि आएसँगै बजार पुँजीकरण बढेको हो । कम्पनीको ‘क्लास ए’ को प्रतिकित्ता सेयर मूल्य ६ लाख ९६ हजार ५०२ लाख डलर पुगेको छ ।
बुधबार यसको सेयर मूल्य प्रतिकित्ता ५ हजार १५२ डलर बढेको छ । यो विश्वको सबैभन्दा महँगो सेयर भएको कम्पनी हो । फोब्सका अनुसार वारेन बफेट १३३ बिलियन डलर सहित बिश्वको छैठौ धनि व्यक्तिमा दर्ज भएका छन् ।
वारेन बफेटले पछिल्लो दिनमा बैंक अफ अमेरिका र एप्पलको सेयर बिक्री गरेका छन् । बफेटले हाल २७७ अर्ब डलर क्यासमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्येमहरुले जनाएका छन् । बफेटले आगामी दिन सेयर बजारमा ठूलो गिरावट आउन सक्ने अनुमानले सेयर बिक्री गरेको जनाइएको छ ।
बर्कशायरले यस वर्ष आफूले होल्ड गरेको एप्पलको धेरै सेयर बिक्री गरेको छ । हाथवेको सेयर भाउ बढेसँगै वफेट विश्वका ६ औं धनी व्यक्ति बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्