साहस उर्जाको लक ईन अवधि असोज १६ गते समाप्त हुने
काठमाडौं,१४ भदौ । साहस उर्जा लिमिटेडको लक ईन अवधि यही असोज १६ गते समाप्त हुने भएको छ । कम्पनीको लक ईनमा रहेको संस्थापक समूहको शेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयरको लक ईन अवधि समाप्त हुन लागेको हो ।
कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कम्पनीका कर्मचारीहरुको शेयर सर्वसाधारणलाई २०७८ असोज १७ गते बाँडफाँट गरेको थियो । कम्पनीको २ करोड ४५ लाख कित्ता संस्थापक शेयर, ३५ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र २ लाख १० हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयर लक ईनमा रहेको छ ।
साहस उर्जाको लक ईन अवधि असोज १६ गते सकिए पछि कम्पनीको शेयर कारोबार दोस्रो बजारमा गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्