नेपाल आयल निगम लिमिटेडका कर्मचारीको हत्या

काठमाडौं,१४ भदौ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा कार्यरत कर्मचारीको हत्या भएको छ । नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर डिपोस्थित कर्मचारी राकेश वर्माको हत्या भएको हो ।

नेपाल आयल निगम लिमिटेडका कर्मचारी राकेश वर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आयल निगमकै दुई कर्मचारीबीच भएको आपसी झगडाको क्रममा वर्माको हत्या भएको हो । धनुषा प्रहरीले जनाए अनुसार बिहीबार राति १० बजेतिर उक्त घटना भएको हो । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

सरसफाइको कुरामा विवाद हुँदा वर्मामाथि बेल्चा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो ।
मृतक वर्मा नेपाल आयल निगम लिमिटेडको महेन्द्रनगर डिपोमा ज्यालादारी कर्मचार थिए ।

 

प्रतिक्रिया दिनुहोस्