सहरी विकास मन्त्री प्रकाशमान सिंहले नदीनालाहरू र काठमाडौँ उपत्यकाको प्रदूषित वातावरण सुधारका लागि सुझाव माग गरे
काठमाडौं, १४ भदौ । नेपाल र काठमाडौं उपत्यको अति प्रदुषित शहरको सूचिमा परेका बेला उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नदीनालाहरू र काठमाडौँ उपत्यकाको प्रदूषित वातावरण सुधारका लागि सुझाव माग गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाव आह्वान गरेका हुन। आएका सुझावको अध्ययन गरी योजना तर्जुमा गर्ने उनको रणनीति रहेको छ ।
ुराम्रा विचारहरू, आइडियाहरू, नदीनालाहरूको सुधार गर्नेदेखि लिएर, काठमाडौँ उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोलो उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्