शाहरुख खान बने बलिउडका सर्वाधिक धनी कलाकार
काठमाडौं,१३ भदौ । भारतीय अभिनेता शाहरुख खान बलिउडका धनी स्टार कलाकार मध्येका एक हुन् । हालै हुरुन इन्डियाले भारतका धनी व्यक्तिको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा सिने कलाकार शाहरुख खानले पनि आफ्नो पहिलो स्थान बनाएका छन् ।
५८ वर्षीय सुपरस्टार खानले कोलकाता नाइट राइडर्स र रेड चिली इन्टरटेनमेन्टमा आफ्नो साझेदारीको आधारमा हुरुन भारतको धनी सूचीमा आफ्नो स्थान बनाउन सफल भएका हुन् ।
हुरुनका अनुसार धनीहरूको सूचीमा गौतम अडानी पहिलो र रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी दोस्रो स्थानमा छन् ।
शाहरुख खान हुरुन इन्डिया रिच लिस्ट २०२४ मा परेका छन् । शाहरूखको पछिल्ला चलचित्रहरू पठान, जवान र डंकी चलेका थिए । उनी ७,३०० करोड भारतीय रुपैयाँ सहित सूचीको पहिलो स्थानमा छन् ।
शाहरुखसँगै अमिताभ बच्चन, जुही चावला, करण जोहर र ऋतिक रोशनले पनि पहिलो पटक यो सूचीमा आफ्नो स्थान बनाएका छन् ।
शाहरुख खानले आफ्नो अभिनयको आधारमा नभएर आफ्नो फिल्म निर्माण कम्पनी रेड चिलीज र आईपीएल टोली कोलकाता नाइट राइडर्सको आधारमा यो सूचीमा आफ्नो स्थान बनाएका हुन् । हुरुन इन्डियाका संस्थापक र अनुसन्धानकर्ता अनस रहमान जुनैदका अनुसार फिल्म र उनको क्रिकेट आईपीएल टोली कोलकाता नाइट राइडर्स र रेड चिलीजमा आफ्नो होल्डिङका कारणसूचीमा समावेश भएका हुन ।
भारतीय मनोरञ्जन उद्योगबाट भारतको धनी सूचीमा परेका स्टारहरूमध्ये दोस्रो अभिनेत्री जुही चावला हुन् । उनको सम्पत्ति ४ हजार ६ सय करोड भारतीय रुपैयाँ छ । कोलकाता नाइट राइडर्सको सहस्वामित्व उनीसँग रहेको छ । ऋतिक रोशन २,००० करोड भारूको नेटवर्थ सहित तेस्रो स्थानमा, चौथो स्थानमा अमिताभ बच्चन र परिवार नेटवर्थ १,६०० करोड भारू रहेकोे छ ।
यसैगरी, पाँचौं स्थानमा करण जोहर छन् । धर्मा प्रोडक्सनका मालिक जोहरको कुल सम्पत्ति १,४०० करोड भारू रहेको छ । यसका साथै धनाढ्यरुको सम्पत्तिमा पनि उल्लेख्य बढेको छ ।
- एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्