सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले तोक्यो भदौ २३ गतेको लागि बुकक्लोज मिति

काठमाडौं,१३ भाद्र । सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ (SIGS 3) ले लाभान्स वितरण प्रयोजनको लागि बुकक्लोज मिति तोकेको छ ।

क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश वितरणका लागि स्किमले भदौ २३ गते इकाईधनी दर्ता किताब बन्दगर्ने भएको छ ।

यस सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्