प्रतिवेदन परिमार्जन गराउने विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयलाई बूढानीलकण्ठ बोलाए

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतीइ प्रणाली अपनाउन कोििसस गरेका छन् । त्युको लागका लािग आज महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन् । केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा छलफल गर्न देउवाले महामन्त्रीद्वयलाई बूढानीलकण्ठ बोलाएका हुन् ।

सभापति देउवाले यसअघि मंगलबार पनि महामन्त्रीद्वयसँग छलफल गरेका थिए । तर‚ सहमति जुट्न सकेन । देउवाले प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान राखे भने महामन्त्रीद्वयले परिमार्जन गर्न नहुने आ–आफ्ना तर्क राखेका थिए ।

महामन्त्रीसँग सहमति नजुटेपछि मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै भदौ १२ गते बस्ने बैठक भदौ १६ गतेका लागि सारिएको जानकारी दिएका थिए
कांग्रेसभित्र एक्जीट पोलीसी र निर्वाचन अघि गठबन्धन गर्न नहुने विषयमा मतभेद छ । साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले प्रस्ताव गरेको एक्जीट पोलिसी सहितको प्रतिवेदन र कांग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भनेर महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनमा विवाद बढ्दो छ ।

संस्थापन पक्षले यसलाई कुनै पनि हालतमा संशोधन गराउनुपर्ने अडानमा छ । तर, महामन्त्री पक्षधरहरू पास गराउनुपर्ने पक्षमा छन् । यसले सहमती हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्