एकीकृत समाजवादीको पदाधिकारीका निर्वाचनको सबै नतिजा सार्वजनिक, झाँक्री पराजित
काठमाडौं, १२ भदौ । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै निर्विरोध चुनिएका थिए । भने अन्यमा मतदान भएको थियो ।जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।
यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।
यसैगरी उपमहासचिव पदमारामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।
यस्तै सचिव ९दलित समुदाय० पदमा गणेश बहादुर विश्वकर्मा, सचिव ९आदिवासी जनजाती० पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।
दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए। यस्तै वरिष्ठ उपाध्यक्षमा मंगललबार नै राजेन्द्र पाण्डे निर्विरोध भएका थिए। यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ।
प्रतिक्रिया दिनुहोस्