पेरिस पारालिम्पिक बुधबारदेखि फ्रान्सको पेरिसमा सुरु हुँदै, नेपालबाट दुई खेलका तीन खेलाडीले प्रतिस्पर्धा गर्दै
काठमाडौं, ११ भदौ। पेरिस पारालिम्पिक बुधबारदेखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिक सकिएपछि अहिले फ्रान्समा पेरिस पारालिम्पिकको रौनक छ ।
जसमा नेपालबाट दुई खेलका तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिकमा सहभागितामै सीमित भएको नेपालले पारालिम्पिकमा भने पदक जित्ने लक्ष्य राखेको छ ।
नेपालबाट पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोका पलेशा गोबर्धन र भरतसिंह महता तथा पारा पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गर्दैछन् ।
पलेशाले तेक्वान्दोको के (४४ अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् भने भरतले के (४४ अन्तर्गत पुरुष ५८ केजीमुनि तौलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै भीमले पौडीको पुरुष ५० मिटर फ्रि(स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।
पलेशाले लगातार दोस्रो पटक पारालिम्पिक खेल्दैछिन् । भरत र भीम भने पहिलो पटक ओलम्पिक खेल्दैछन् ।
पलेशाले पहिलोपटक टोकियो पारालिम्पिक खेल्दा इतिहास रचेकी थिइन् । त्यसबेला पहिलो खेलमा पराजित भए पनि रिपिजेजको मौका पाएका पलेशाले लगातार दुई खेल जित्दै कांस्य पदक नजिक पुगेकी थिइन् । तर, उनी पदकको खेलमा भने चिनियाँ खेलाडी ली युजीसँग पराजित पराजित हुँदा पदक जित्नबाट बन्चित भएकी थिइन् ।
उनले ओलम्पिकमा दुई खेल जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । पलेशाले गत असोजमा चीनको हान्झाउमा भएको चौथो पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन । उनी पारा एसियाली खेलकुदमा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।
यसअघि सन् २०२१ मा जापानको टोकियमा भएको पारालिम्पिकमा पहिलोपटक सहभागिता जनाएकी पलेशा यसपटक छनोट चरण पार गरेर पारालिम्पिकमा पुगेकी हुन् । पलेशाले चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोटमा स्वर्ण जित्दै पारालिम्पिकमा छनोट भएकी हुन् ।
पलेशाले छनोटको फाइनलमा इरानी खेलाडी लेला मिर्जाइलाई ५(४ ले पराजित गरेकी थिइन् ।
तेक्वान्दोकै भरत र पारा पौडीका भीम भने वाइल्ड कार्डमार्फत पारालिम्पिकमा खेल्ने अवसर पाएका हुन् ।
यसपटक नेपाली खेलाडीबाट पारलिम्पिकमा पदकको आशा गरिएको छ । पारा तेक्वान्दो टिमका प्रशिक्षक कविराज नेगी लामाले यस पटक पलेशाबाट पदकको ठूलो आशा रहेको बताउँदै आएका छन् । ‘टोकियोमा पनि हामी पदक नजिक पुगेर बन्चित भयौं । यसपटक पलेशाबाट पदकको आशा छ । हामीले बेलायतमा राम्रो तयारी गर्ने अवसर पायौं ।’
प्रतिक्रिया दिनुहोस्