कुमारी सुनौलो योजनाको प्रतिफल घोषणा, भदौ १२ गतेलाई बुक क्लोज मिति

काठमाडौं,११ भाद्र । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘कुमारी सुनौलो योजना’ को प्रतिफल घोषणा भएको छ । क्यापिटलको सोमबार (भदौ १० गते) बसेको सञ्चालक समिति बैठकले गत आ.व. २०८०/८१ को नाफाबाट कुमारी सुनौलो योजनाका इकाईधनीहरुलाई करसहित १०.५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै, यस योेजनाको सञ्चालक समिति बैठकले लाभांश वितरण प्रयोजनको लागि बुधबार (भदौ १२ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ । आज (भदौ ११ गते) सम्म कायम रहने सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

कुमारी सुनौलो लगानी योजना एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले प्राप्त गर्ने रकम समायोजित खुद सम्पत्ती मूल्यमा पुनः लगानी गर्न सकिनेछ । लाभांश पुनः लगानी योजनामा सहभागि हुन चाहने इकाईधनीहरुले भदौ २५ गतेसम्म आफ्नो नाफा दर्ता गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्