एसियन लाइफ इन्सुरेन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं,११ भाद्र । एसियन लाइफ इन्सुरेन्स कम्पनीको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समय भित्र आवेदन दिन सकिनेछ । इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम २७५ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लाजिम्पाट, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

इन्स्योरेन्सले साउन ३२ गतेदेखि यो संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्