धर्मगुरु श्रीनिवासाचार्य त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं । विराटनगरमा गोली लागेर घाइते भएका धर्मगुरु श्रीनिवासाचार्य भारतको राजधानी नयाँ दिल्ली जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ परेका छन् ।

विराटनगरमा भएको गोली प्रहारको घटना उनी आफैंको योजनामा घटाइएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनले हिन्दुराज्यको पक्षमा लबिङ गर्दै आएका छन् ।

तर, केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको श्रीनिवासाचार्यले प्रहरीलाई बयान दिएका छन् ।

श्रीनिवासाचार्यकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्ने युवाहरुमा नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारी पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्