३० वर्षे हटाउन माग गर्दै १२ उच्च सशस्त्र प्रहरी अधिकारीहरु पुगे सर्वोच्च

काठमाडौं,९ भदौ । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्र प्रहरी बलका १२ कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा आइतबार रिट निवेदन दिएका हुन् । खत्रीको रिट निवेदन दर्ता गरिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए ।

डीआईजी खत्री, दुर्गाप्रसाद भट्टराई, एसएसपी विश्व भट्टराई, एसपीहरु पूर्णबहादुर साउद, त्रिभुवन विष्ट, अशोक शाक्य, उद्धव रावलसहित १८ जना अधिकृतहरु ३० वर्षे सेवा अवधिका कारण १६ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् । उक्त रिटमा सुनुवाइ गर्दै ६ भदौमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्