रोजगारीको खोजीमा एक महिनामै करिब ६० हजारले छोडे देश
काठमाडौं,७ साउन । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा विदेशिने नेपाली श्रमिकको संख्या बढेको छ । साउन महिना मलेसिया जानेको संख्या घटेको छ भने युरोप जानेको संख्या उल्लेख्य बढेको छ ।
आ.व.को साउन महिनामा मात्रै ५९ हजार ५९७ नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अघिल्लो आर्थिक वर्षको साउन महिनामा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालु आ.व. २०८१/०८२ साउनमा श्रम स्वीकृति लिएका ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । आ.व.को पहिलो महिना साउनमा २५ हजार ५९७ जनाले संस्थागत रूपमा श्रम स्वकृति लिएका छन् । त्यस्तै, १० हजार ७५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् ।
प्रतिक्रिया दिनुहोस्