नेशनल लाईफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित
काठमाडौं,७ साउन । नेशनल लाईफ इन्स्योरेन्सको ३६औं वार्षिक साधारण सभा अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रूपैयाँमा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रूपैयाँ पुगेको छ ।
कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ ।
कम्पनीले मर्चेण्ट क्षेत्रमा नेशनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी संचालनको प्रकृया अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्