अनिल अम्बानीलाई ५ बर्षका लागि सेयर बजारमा प्रतिबन्ध र २५ करोड जरिवना

काठमाडौं,७ साउन । भारतको सेयर बजार नियामक निकाय सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डियाले उद्योगपति अनिल अम्बानी र २४ अन्य रिलायन्स होम फाइनान्स लिमिटेडका शीर्ष कार्यकारीहरु लाई ५ वर्षका लागि सेयर बजारमा कारोबार गर्न रोक लगाएको छ ।

सेबीले अम्बानीलाई २५ करोड भारु जरिवाना पनि लगाएको छ । साथै, सूचीकृत कम्पनीहरुमा कुनै पनि निर्देशक वा प्रमुख प्रबन्धकीय पद धारण गर्न पनि प्रतिबन्ध लगाएको छ ।

त्यस्तै, रिलायन्स होमलाई धितोबजारमा ६ महिना प्रतिबन्ध र ६ लाख जरिवाना गरिएको छ । सेबीको अनुसन्धानले रिलायन्स होमले अनाधिकृत रुपमा ऋणको नाममा रकम दिएको भेटाएको छ । सेबीले उल्लेख गरे अनुसार २०१८-१९ मा रिलायन्स होमले ऋणात्मक नेट मूल्य र न्यूनतम सम्पति भएका संस्थाहरुको धितोमा ऋण दिएको पाएको हो ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्