समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्दै
काठमाडौं,७ भदौ। समता घरेलु लघुवित्त वित्तीय संस्थाले २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले यो शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
कम्पनीले यसअघि असार २९ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी ६४ हजार ९१९ कित्ता संस्थापक शेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो ।
सो अवधिभित्र ४४ हजार ९१९ कित्ता शेयर खरीदका लागि मात्र आवेदन प्राप्त भएकाले बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्री गर्न लागेको हो ।
यस शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले आगामी सातदिनभित्र आवेदन पेश गुर्नपर्नेछ । आवेदन केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्ने जानकारी कम्पनीले सूचनामा भनेको छ । आवेदन दिंदा आफूले खरिद गर्ने शेयर कित्ता र दरभाउसहितको व्यहोरा खुलाउनुपर्ने भनाइ समेत कम्पनीको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्