टिकटक प्रतिबन्ध खुलाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, ६ भदौ। सरकारले टिकटक खुलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रीपरिषद्का एक मन्त्रीले जानकारी दिएका छन् । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए ।

गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो । यसलाई अब भने मान्यता दिएको छ । यसबाट सर्वसाधारणलाई व्यपार व्यवसाय गर्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्