नेपाल ल्युब आयलको नाफा ७१९ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक

 

काठमाडौं,६ साउन । नेपाल ल्युब आयलले गत आ.व.को चौथो त्रैमाससम्म ४ करोड ४४ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको यो नाफा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा ७१९.६० प्रतिशत बढि हो । अघिल्लो वर्ष यस कम्पनीले ५४ लाख २८ हजार नाफा आर्जन गरेको थियो । सञ्चालन आम्दानी बढेको कारण नाफामा आकर्षक सुधार आएको हो ।

६ करोड ७ लाख १८ हजार ९०० रुपैयाँ चुक्ता पुँजी रहेको आयलको रिटेन्ड अर्निङमा २४ करोड ३७ लाख रहेको छ । अन्य इक्विटी ९ करोड ४६ लाखको रहेको छ भने प्रतिसेयर आम्दानी ७३.२७ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ११.१९ रुपैयाँ रहेको थियो । त्यसैगरि प्रतिसेयर नेटवर्थ ६५७.४० रुपैयाँ रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्