सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं,६ साउन । सनराइज फोकस्ड इक्विटी र सनराइज  फर्स्ट म्युचुअल फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी दुवै फन्डले नगद लाभांश वितरण गर्न भदौ ७ गते बुक क्लोज गर्नेछन् । त्यसैले आजसम्म कायम रहने सेयरधनीले मात्रै फन्डले गत वर्षको नाफाबाट वितरण गर्न लागेको नगद लाभांश पाउनेछन् ।

गत आ.व. २०८०/०८१ को नाफाबाट सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५० प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछन् । लक्ष्मी सनराइज बैंकले प्रवद्र्धन गरेको यी फन्डको योजना व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्