फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेका छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं,५ साउन । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् ।
आज सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा पूर्वाधार पत्रकारसँगको छलफलका क्रममा स्थानीय तहसँग आवश्यक समन्वय गर्दै उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका हुन् ।
उनले करिडोर नजिकको बस्तीमा डुवानको समस्या समाधानका लागि पनि सम्बन्धित निकायसँग छलफल भइरहको जानकारी दिए । सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उनले बताए । आफूले मन्त्रालय सम्हालेपछि सबै निकायसँगको छलफलका आधारका कामहरूलाई अघि बढाइएको उनले बताए ।
उपप्रधानमन्त्री सिंहले अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने प्रक्रियाले अब गति लिने उनले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्