ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध हुँदा वीर अस्पतालमा समस्या

काठमाडौं, ५ भदौ । वीर अस्पतालमा विद्युत् अवरुद्ध भएको छ । बिहान करिब १०–११ बजेदेखि ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध भएको हो ।

दिनभर विद्युत् नहुँदा उपचारमा समस्या देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिनभरि जेनरेटरको प्रयोग गरिएकाले हाल १ घण्टामा १५ देखि २० पटक विद्युत् अवरोध भइरहेको छ । ‘करिब बिहान १०–११ बजेदेखि बत्ती छैन,’ स्रोतले भन्यो, ‘विद्युत् नहुँदा मोबाइलको बत्ती बालेर बिरामी जाँची रहेका छौँ ।’

बिहानदेखि विद्युतीय उपकरण प्रयोग गरेर गरिने अधिकांश उपचार तथा चेकजाँच अवरुद्ध भएको छ । बिहानदेखि विद्युत् अवरुद्ध हुँदा पनि हालसम्म मर्मत हुन नसकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्