तीज नजिकिंदै गर्दा सुनको मुल्य वृद्धिले उपभोक्तालाई मारमा, ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च
काठमाडौं, ५ भदौ । सुनको मुल्यमा एक पछि आर्को रेकर्ड राखेको छ । आज पनि सुनको मूल्य बढेर ऐतिहासिक उचाइमा राखेको छ । यसदिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेको ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुनको मूल्य एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आईतबारको बजारमा कायम एक लाख ५२ हजार ६०० रुपैयाँलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ८२० रुपैयाँमा कायम भएको थियो। नारीहरुको महान चाड तीज नजिकिंदै गर्दा सुनको मल्यमा आएको मुल्य वृद्धिले उपभोक्तालाई मारमा पारेको छ ।
प्रतिक्रिया दिनुहोस्