कृषि र पशुपंक्षी क्षेत्रको विकास लागि समस्या समाधान गर्न प्रतिवद्ध छुः मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि र पशुपंक्षी क्षेत्रको विकास लागि समस्या समाधानका प्रतिवद्ध भएको बताएका छन् । उनले कलंकित हुने एउटा पनि काम नगर्ने व्यक्त गरे ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कृषि र पशुपंक्षी मन्त्रालयमा धेरै समस्या रहेको र समाधान समाधान गर्न आफू प्रतिवद्ध रहेको बताएका हुन ।
उनले सकेसम्म राम्रो काम गर्ने तर कलंकित हुने काम आफूले कदाचित नगर्ने बताएका हुन् । साथै उनले कृषि प्राविधिक कर्मचारीको समस्या समाधानका लागि पनि छिट्टै निकास निकाल्ने खुलासा गरे ।
उनले सबैको समन्वयमा मन्त्रालयलाई व्यवस्थित रुपमा काम गर्ने बताउँदै उनले भने, ‘मैले जानेर वेइमानी र बद्नामी हुने काम म बाट हुँदैन, गर्दिन र मेरा वा कृषि मन्त्रालयको विरुद्ध आएका समाचार नलुकाउनु होला ।’
उनले कृषि मन्त्रालयमा धेरै समस्या रहेको उनले बताउँदै समाधानको लागि विषयगत समिति बनाएर अघि बढेको उनले बताए ।
दुग्ध किसानको रकमको भुक्तानी रोक्न मिल्दैन भनेर तत्काल २५ करोड रुपैया किसानलाई भुक्तानी गरेको उनले जानकारी दिए । दुग्ध विकास संस्थानको बदमासीलाई पनि आफूले भण्डाफोर गर्ने बताए ।
मन्त्री अधिकारीले कृषि मन्त्रालका छिद्रहरु धेरै भएको बताउँदै यसका लागि सबै तह र तप्काका विज्ञहरुसँग छलफल गरी कार्ययोजना बनाउने कार्र्यमा आफू लागेको बताए ।
।
कृषिमा आत्म निभरताको लागि रैथाले बालीलाई संरक्षण गर्दै गुणस्तरी विउबिजन उत्पादनमा सरकारले ध्यान दिने बताए । यस्तै तरकारी तथा फलफूलमा अध्याधिक विषादीको प्रयोगले जनजीवन अस्तव्यस्त बनाएकोप्रति मन्त्रालय र आफू सचेत बताउँदै यसका लागि विज्ञटोली बनाएर अघि बढ्ने उनले बताए ।
रासायनिक मलको समस्या तत्काल भएता पनि यसको दीर्घकालिन समाधार लागि पहल गर्नुपर्ने अवस्था रहेको उनको बुझाई छ ।
उखु किसानको भुक्तानी रोकियो भने तत्काल किसानहरु आन्दोलनमा आउने भएकाले त्यसको भुक्तानीका तत्काल पहल गर्नुपर्ने अवस्था भएको उनले बताए । बीमालाई पनि व्यवस्थित बनाउनु पर्ने अवस्था छ । जनतालाई राज्यप्रति विश्वास जगाउनु पर्ने, युवामा राजनीतिक वितिष्णता पैदा भएकाले त्यसलाई चिर्न पनि धेरै काम गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । उनले अनुदानमा अरबौं रुपैया अनुदान लगेको तर त्यसको जरो किलो नभएको उल्लेख गर्दै त्यस्ता एजेण्टहरुको सूची तयारीमा मन्त्रालय लागेकोले उनले बताए । यो सूची छिट्टै सार्वजनिक गर्ने उनले बताए । कषिको समस्या सबैको साझा समस्या भएकाले सबैको सुझावको आवश्यक भएको उनले बताए ।
उनले कृषि प्राविधिक कर्मचारीहरुको मागलाई तत्काल समाधान गर्न आफू लागेका बताउँदै उनले आफूले मन्त्री नियुक्ति भएको ३५ दिनमा पत्रकारसँग भेटघाटका क्रममा अब आउने क्याबिनेटबाट कृषि कर्मचारीको समस्या समाधान हुने भनाइ व्यक्त गरे ।
मन्त्रालयमा धर्नामा बसेका आन्दोलनरत ३७८ जना कृषि प्राविधिक कर्मचारीमध्ये १२ जनाको पद दर्ता गरिने भएपछि आन्दोलन स्थगन भएको छ
२०७५ सालमा सङ्घीयतामा कर्मचारी समायोजन गर्दा ३७८ जना कृषि प्राविधिक कर्मचारीको पद दर्ता हुन सकेको थिएन । सो पद दर्ता नहुँदा ती सबै कर्मचारीको वृद्धि विकास हुन नसकेकाले उनीहरू ४३ दिन मन्त्रालयको प्रवेशद्वारमा धर्ना बसेका थिए ।
२०७५ सालमा समायोजन हुँदा पद दर्ता नहुँदा ६ वर्षदेखि पदपूर्ति प्रक्रिया रोकिएको छ । कार्यक्रममा पत्रकार तथा विज्ञहरुका सुझाव लिएको थियो ।
डा.नवराज लम्साल, देवप्रकाश त्रिपाठी, ऋषि धमला, गोकर्ण अर्याल लगायत पत्रकार तथा विज्ञहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्