परराष्ट्र मन्त्री आरजु राणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमवार भेटवार्ता हुने
काठमाडौं, २ भदौ । परराष्ट्र मन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीचमा सोमवार भेटवार्ता हुने भएको छ ।
५ दिने भारत भ्रमणमा रहेका मन्त्री राणा सोमबार साँझ भेटका लागि समय तय भएको भारतस्थित नेपाली दूतावास स्रोतले जानकारी गराएको छ । सोमबार नै राणाले भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्ने भएकी छन् ।
चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री आइतबार दिल्ली प्रस्थान गरेकी छन् । राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्