साल्ट ट्रेडिङ कर्पोरेसनको आम्दानी भने ५२ प्रतिशतले बढ्यो
काठमाडौं,२ भदौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १९.७७ प्रतिशतले थोरै हो । अघिल्लो वर्ष यस कर्पोरेसनले ७ करोड ८८ लाख नाफा आर्जन गरेको थियो ।
कम्पनीको आम्दानी भने ५२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ८ अर्ब ७८ करोड रुपैयाँ रहेको कम्पनीको आम्दानी अहिले बढेर १३ अर्ब ३५ करोड पुगेको छ ।
३२ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कर्पोरेसनको जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ जम्मा छ । समिक्षा अवधिसम्म आइपुग्दा कर्पोरेसनको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ ३९७ रुपैयाँ ६२ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्