नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने
काठमाडौं, १ भदौ। नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ ।
अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।
क्यानका अनुसार छनोटका खेलहरू सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुनेछन् ।
यो प्रतियोगिताको विजेता सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यु(१९ विश्वकप क्रिकेटका लागि छानिने छ ।
छनोटमा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन् ।
यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो । यसबाट नेपालम पनि खेल क्षेत्रको विकासलाई टेवा गुग्ने छ ।
प्रतिक्रिया दिनुहोस्