मन्त्रीपरिषद्को बैठकले गरेका १४ निर्णयहरू

काठमाडौं, ३२ साउन । मन्त्रीपरिषद्को बैठकले गरेका १४ निर्णयहरू सार्वजनिक भएका छन् । बिहीबार बसेको बैठकले विश्व बैंक समूहको अन्तराष्ट्रिय विश्वका संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋृण रकम स्वीकार गर्ने सम्बन्धि सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार २०८१ असोज ९ देखि १० सम्म उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौं वार्षिक बैठकमा उपप्रधान एवंम् अर्थमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्कीकृति दिने पनि बैठकले निर्णय गरेको छ ।

यसकासाथै, सरकारले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बनेका राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।उक्त बैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, ब्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसकासाथै, राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, आउँदो असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरूलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्