पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अधिकारी
काठमाडौं,३२ साउन । नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण बहादुर अधिकारीलाई नियुक्त भएका छ ।
बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारीले भदौ २ गतेदेखि कार्यभार सम्हाल्ने छन् । उनलाई चार वर्षका लागि नियुक्त गरिएको हो ।
नवनियुक्ति सीइओ अधिकारी यसअघि नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । यसअघि निफ्राको पूर्व कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले गत माघमा राजीनामा दिएपछि उक्त पद लामो समयदेखि खाली रहेको थियो । सात महिना लामो अवधिपछि अधिकारी नियुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्