भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, भिडन्तमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यासको प्रयोग
काठमाडौं, ३१ साउन । भक्तपुरको गठ्ठाघरमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
भिडलाई तितरबितर गर्न भन्दै प्रहरीले बिहीबार अपराह्न अश्रुग्यास प्रहार गरेको हो।
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरोध गरेका थिए। त्यसक्रममा प्रहरी र स्थानीयबीच ढुंगा हानाहान भएको थियो।
प्रहरीले स्कुटर चालकको शव उठाएर त्रिवि शिक्षण अस्पताल लगेपछि तनावको स्थिति सिर्जना भएको थियो।
प्रदर्शनकारीहरूले ट्राफिक आयरल्याण्ड जलाएपछि बल प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ।
ट्रकका चालकको खोजी भइरहेको र घटनास्थलबाट ट्रकलाई हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
मृतक स्कुटर चालकको पहिचान भइसकेको छैन।
कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
प्रतिक्रिया दिनुहोस्