उच्च अदालतका न्यायाधीश रेग्मीको निधन
काठमाडौं, ३१ साउन । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।
ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ ।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।
उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्