अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं, ३१ साउन । आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिने कार्यक्रम रहेको छ ।

गत शुक्रबारदेखि जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरिरहेका छन् । आजको अध्यक्ष प्रचण्डको जवाफपछि माओवादी केन्द्रीय समितिको बैठकले निर्णय सार्वजनिक हुने छ ।

प्रतिक्रिया दिनुहोस्