गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहितलाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमडौं, ३१ साउन । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहितले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोडाढुंगा उत्खनन र निकासीमा भ्रष्टाचार गरेको अभियोगमा मेयर महर्जन, उपमेयर अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृतहरू र लेखा अधिकृत, क्रसर सञ्चालकसमेतलाई १ अर्ब ४ करोड बिगो माग दाबीसहित १४ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बुधवार उनीहरूलाई सफाइ दिएको हो ।
आर्थिक वर्ष २०७५÷७६ देखि २०७९÷८० सम्म क्रसर उद्योगलाई कानूनले तोकेभन्दा सस्तोमा ढुंगा, गिट्टी, बालुवा, ग्राभेल निकाल्न दिई राजस्व चुहावट गरेको उनीहरूमाथि अभियोग थियो ।
बागमती प्रदेशसँगको आर्थिक ऐनसँग बाझिने गरी घटी दरको राजस्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोप दाबी प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रसम्बन्धी संवैधानिक व्याख्या भएकाले विशेष अदालतबाट परीक्षण गर्न नमिल्ने संक्षिप्त फैसलामा उल्लेख छ । यसरी स्थानीय तहका अधिकारीहरुलाई सफाई दिएका हो । अख्तियारले स्थानीइ सरकारलाई विभिन्न वहाना काम गर्न नदिने बाधा अड्काउ गर्दा विकास निर्माण र जनताको सेवालाई प्रभाप पारेको छ । स्थानीय सरकारलाई स्वतन्त्र ढंगले विकास र जनताको सेवा प्रवाह गर्न दिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्