संसद्को दुई समितिमा आज सभापति चयन हुने
काठमाडौँ, ३१ साउन। सङ्घीय संसद्को विभिन्न समितिहरु अन्तर्गत दुई संयुक्त समितिमा आज सभापति चयन हुने भएको छ । यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी परेको छ भने संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।
दुवै समितिको सभापति चयन बैठक दिउँसो ३ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्