१२६.८७ ५ ले बढ्यो शिखर इन्स्योरेन्सको खुद नाफा
शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
खुद नाफाः शिखर इन्स्योरेन्स कम्पनीको खुद नाफा १२६.८७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा इन्स्योरेन्सले २२ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो ।
खुद बिमा शुल्क आम्दानीः असारसम्ममा कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि १३.३२ प्रतिशतले बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।
कुल आम्दानीः इन्स्योरेन्सको कुल आम्दानी ४.०६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
खुद दाबी भुक्तानीः समीक्षा अवधिमा इन्स्योरेन्सको इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.८२ प्रतिशतले घटेर ९४ करोड ९७ लाखमा सीमित भएको छ।
कुल खर्चः इन्स्योरेन्सको कुल खर्च ४.७४ प्रतिशत घटेर १ अर्ब ८६ करोड ९१ लाखमा सीमित भएको छ ।
प्रतिसेयर आम्दानीः इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ३२ पैसा पुगेको छ
प्रतिसेयर नेटवर्थः इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेको छ ।
चुक्ता पूँजीरजगेडाः चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको जगेडामा १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।
रिटेन्ड अर्निङ्ग।महाविपत्ती कोषः रिटेन्ड अर्निङ्गमा ३१ करोड ५१ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ रहेको छ
प्रतिक्रिया दिनुहोस्