नेको इन्स्योरेन्सको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

काठमाडौं,३० साउन । नेको इन्स्योरेन्स लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा केहि घटेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ७.३३ प्रतिशत र कुल आम्दानी ३.९० प्रतिशत घटेको छ । सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी १४.३२ प्रतिशत घटेको छ भने कुल खर्च ५.५३ प्रतिशत घटेको छ ।

इन्स्योरेन्सको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९६ पैसा घटेर ३४ रुपैयाँ ७ पैसामा झरेको छ । यस अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.५३ गुणा रहेको छ ।

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्ती कोषमा १४ करोड ५५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ७८ लाख रुपैयाँ र अन्य इक्विटीमा ४९ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्