छिमेक लघुवित्तको नाफा घट्यो, अन्य सुचक कस्ता ?

काठमाडौं,३० साउन । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ ।

गत आ.व.को अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आ.व.को सोही अवधिको तुलनामा ५.७४ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष लघुवित्तले १ अर्ब ६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य घटेको र खराब कर्जा बढेका कारण खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.८६ प्रतिशत बढेको छ । खुद सञ्चालन आम्दानी ०.३३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.०९ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.७१ प्रतिशतबाट बढेर ३ प्रतिशत पुगेको छ । यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ३४ करोडबाट ४१ करोड पुगेको छ। जसका कारण खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो ।

नाफा घटेपनि लघुवित्तको वितरणयोग्य मुनाफा भने बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो मुनाफा १८.३३ प्रतिशत बढेर १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४९ पैसा बढेर ५७ रुपैयाँ ६४ पैसा पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानीमा कमि आएको छ । यस अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ८३ पैसा घटेर ३३ रुपैयाँ ६२ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४९ रुपैयाँ १५ पैसा रहेको छ ।

२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ अर्ब ४४ करोड रुपैयाँ सञ्चित छ । लघुवित्तले ३८ अर्ब २ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३४ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्