हिमालयन रिइन्सुरेन्सको खुद नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

काठमाडौं,३० साउन । हिमालयन रिइन्सुरेन्स लिमिटेडले गत आ.व. को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

रिइन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९७.६४ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ६४ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा खुद बिमा शुल्क आम्दानी ८२.७५ ले बढेर ५ अर्ब ४५ करोड रुपैयाँ पुगेपछि खुद नाफा वृद्धिमा पनि महत्वपूर्ण सहयोग पुगेको हो । लगानी तथा कर्जा हुने आम्दानी पनि ४२.०८ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

रिइन्सुरेन्सको गत आ.व.को असार मसान्तसम्ममा चुक्ता पुँजी ४८.५७ प्रतिशतले बढेर १० अर्ब ४० करोड रुपैयाँ कायम भएको छ । कम्पनीको रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख रुपैयाँ जम्मा भएको छ । हिमालयन रिइन्सुरेन्सको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि ३.५० रुपैयाँले बढेर १२.३४ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्