रातिदेखिको भारी वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अबरूद्व
काठमाडौं, ३० साउन। मंगलबार रातिदेखिको भारी वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अबरूद्व भएको छ । जसका कारण यात्रूहरुलाई आवत जावतमा समस्या आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका, ३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी नै अरूद्व भएको छ ।
बोटो पहिरलो पन्छाई राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि काठमाडौ जाने र पोखरा तथा नारायणगढ जाने सवारीसाधनको लामो लाइन लाग्न थालेको प्रहरीले जनाएको छ । बोटो खुलाउन डोजरले बाटोको पहिरो पन्छाउने काम भइरहकाले छिट्टै दुबैथर्फ सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्