एचआईडिसीएलको नाफामा सामान्य सुधार
काठमाडौं,२९ साउन । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आ.व. को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा थोरैले बढेको छ ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ५।६७ प्रतिशत बढी हो । अघिल्लो आ.व. को सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको आम्दानी ३९४.४१ प्रतिशत बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानी ३.०४ प्रतिशत भए संगै लाभांश आम्दानी १९.३७ प्रतिशत घटेको छ । कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधमिा १ लाख ९१ हजार रुपैयाँबाट बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा सामान्य सुधार भएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१ पैसा बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.१८ गुणा छ ।
२२ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिक्रिया दिनुहोस्