आम्दानी बढेपछि अप्पर तामाकोशीले नोक्सानी घटाउदै

काठमाडौं,२९ साउन । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले गत आ.व. को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

हाइड्रोपावरको अघिल्लो आ.व.को अन्त्यसम्ममा ४ अर्ब ९ करोड रुपैयाँ नोक्सानीमा रहेको थियो । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ६८ करोड नोक्सानीमा रहेको छ । कम्पनीको आम्दानी बढेको र खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.९३ प्रतिशत बढी हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २८.३३ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय आम्दानी २३.१७ प्रतिशत र वित्तीय खर्च ७.६८ प्रतिशत घटेको छ ।

२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ९ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्