नेपाल लाइफ इन्स्योरेन्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं,२९ साउन । नेपाल लाइफ इन्स्योरेन्सले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो नाफा ३०.८१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत र कुल आम्दानी १२.३४ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ रिटेन्ड अर्निङ्गमा ५ अर्ब २८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्