त्रिवेणी साहित्य मञ्चले लघुकथा सङ्ग्रह प्रकाशन गर्ने
काठमाडौं । नेपाली भाषा, साहित्य, सङ्गीत र संस्कृतिको संरक्षण र संवर्द्दन गर्ने लक्ष्य लिएर सन् २०१७मा त्रिवेणी साहित्य मञ्चको स्थापना भएको हो ।
यसको सम्पर्क कार्यालय अमेरिकास्थित ह्यारिसवर्ग, पेनसिलभानियामा रहेको छ। यस संस्थाले भाषा साहित्यको श्रीवृद्वि गर्न विगतदेखि नै स्रष्टाका साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ। २०८१ सालभित्र नेपालीभाषामा रचिएका विश्वभरिका कथाकारका एक एकवटा लघुकथालाई समेटेर प्रतिनिधिमूलक लघुकथासङ्ग्रह प्रकाशन गर्दै छ ।
संस्थाले उक्त सङ्ग्रहमा समेटिन चाहने सम्बन्धित लघुकथाकारले २०८१ साल असोज मसान्तभित्र लघुकथालाई इमेल [email protected], [email protected]) मा उपलब्ध गराउनुपर्ने बताएको छ । संस्थाले आह्वान गरेअनुसार लघुकथा पूर्णतया अप्रकाशित, मौलिक र २५० शब्दसम्मको हुनुपर्ने छ । कुनै पनि लघुकथा अश्लील, अन्धविश्वासयुक्त र सामाजिक सद्भाव बिथोल्ने किसिमको हुनु नहुने उल्लेख गरिएको छ । प्रत्येक लघुकथाकारसँग प्रिति वा युनिकोडमा एकवटा लघुकथा, सङ्क्षिप्त बायोडाटा र फोटो मागिएको छ।
प्रतिक्रिया दिनुहोस्