राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दै
काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा के कुरा उठान गर्ने भन्ने विषयमा छलफलका लागि संसदीय दलको बैठक आह्वमन गरीएको प्रवक्ता झाले जानकारी दिए । बैठकअघि बिहान १०ः३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो ।
रास्वपाले संसदीय दलको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए । “बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकसम्बन्धी छलफल हुनेछ”, प्रवक्ता झाले भने, “यस्तै, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी विषयमा पनि छलफल गर्नेछौँ ।” बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने उनले बताए। यसले गर्दा संसदमा पार्टीको एकरुपता र स्पष्ट धारणा आउने छ।
प्रतिक्रिया दिनुहोस्